Logo
Logo

बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको मानवीय तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको र बेपत्ता भएको विवरण आएपछि उनले सामाजिक सञ्जालमार्फत वेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

गए राति पूर्वी नेपालमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण सङ्खुवासभामा १७, पाँचथरमा पाँच र ताप्लेजुङमा ४ जना वेपत्ता भएका छन् ।

ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् । प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्