Logo
Logo

वार्ता समिति गठनपछि विद्यालय बन्दको कार्यक्रम फिर्ता


4.5k
Shares

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएको छ । सरकारले वार्ताका लागि समिति गठन गरेपछि आन्दोलनरत विद्यालय कर्मचारीहरूले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।

नेपाल विद्यालय कर्मचारी युनियन, सामुदायिक विद्यालय कर्मचारी संघ र विद्यालय कर्मचारी परिषदले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जानकारी दिएको छ ।

वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा, सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्