
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कन्चनपुर प्रवेश गरेर अनाधिकृत जाँचपास गरेको भन्दे आपत्ति जनाएका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्राविधि टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् ।
१ असारमा भारतीय प्राविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नापजाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।











