Logo
Logo

चिनियाँ नेताहरू नेपालमा, राजनीतिक भेटघाट तीव्र


6.1k
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले यतिबेला नेपालमा छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले राजनीतिक दलका नेताहरूसँग भेट गरेका छन् ।

चिनियाँ नेतृ छु मिन सहितका चिनिँया नेताहरूले आइतबार दिउँसो नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरेका छन् । उनीहरूबीच शिष्टाचार भेटघाट भएको ।

उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि उनीहरूले भेट गरेका छन् । प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार उनीहरूबीच राप्रपा केन्द्रीय कार्यालयमा भेट भएको हो ।

भेटमा नेपाल चीन सम्बन्ध, दुई पार्टी बीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्