Logo
Logo

भोजपुरको दुई वडा कार्यालयमा आगजनी


- दृष्टि न्युज/संवाददाता


भोजपुर, २५ मंसिर । जिल्लाको दुई वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्यांग्रेको वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
पौवादुङमा–३ च्यांग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले बताएका छन् । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताए । घटनाको जानकारी पाउनासाथ त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्