Logo
Logo

१० दिनपछि खुल्यो विमानस्थल


- दृष्टि न्युज/संवाददाता


चितवन, २५ मंसिर । भरतपुर विमानस्थल आज बुधबारदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्नका लागि १५ मंसिरदेखि विमानस्थल बन्द गरेको थियो ।
धावनमार्ग मर्मत र रंगरोगनका काम सकिएसँगै विमानस्थल सञ्चालनमा ल्याइएको विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले बताए । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँचरपाँच वटा जहाजले काठमाडौं र एक–एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् । १० दिनसम्म विमानस्थल बन्द हुँदा हवाइ यात्रु मर्कामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्