Logo
Logo

कोशीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत


5.7k
Shares

विराटनगर । नेकपा एमालेले नेतृत्व गरेको एक मात्र कोशी प्रदेश सरकार ढलेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत गुमाएपछि कोशी सरकार ढलेको हो ।

विश्वासको मत पाउँ भन्दै कार्कीले गरेको प्रस्तावमा मतदानमा कार्कीको पक्षमा ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो ।

९३ जना प्रदेश सभा सदस्य रहेको कोशीमा विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीले प्राप्त गरेको ४६ मत बहुमत नभएको हुनाले उनले विश्वासको मत गुमाएका हुन् ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्