Logo
Logo

दाइजोको निहुमा आमा र छोरीको हत्या


1.4k
Shares

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।

मौलापुर नगरपालिका–४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनापछि धीरेन्द्र र उनका बुबा भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले घटनाको अनुसन्धान तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य भइरहेको जानकारी दिए ।

घटना पश्चात् भागेका वीरेन्द्रले नै श्रीमती र छोरीको हत्या गरेको माइतीपक्षले आरोप लगाएको छ । तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका–५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको बिहे धीरेन्द्रसँग गराएका थिए।

बिहेअघि कबोल गरेको दाइजो आर्थिक अवस्था कमजोर भएको कारण दिन नसकेको भन्दै उनले मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री दिन पटकपटक छोरीमाथि दबाब दिएको बताए।

विजयशंकरका अनुसार राति ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीको हत्या भएको बताएपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्