
काठमाडौँ । उप–सभामुख इन्दिरा राना मगरले सुशासनको पहिलो संसदको रूपमा पत्रकारिता रहेको बताएका छन् ।
शनिबार संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनलाई सम्बोधन गर्दै उप–सभामुख राना मगरले आम जनताको चासोलाई पत्रकार मार्फत सदनमा ल्याउन र सदनको गतिविधिलाई जनतासम्म पु¥याउन पत्रकारिताले सहयोग गरेको बताएका हुन् ।
‘पत्रकारहरू देशको चौंथो अंगमात्र होइन यो समाजको ऐना हो । सुशासनको पहिलो संसद नै पत्रकारिता हो,’ मगरले भने ।उनले पत्रकारले जिम्मेवार, पारदर्शी हुनुपर्ने र उनीहरूलाई पनि शत्रुको जस्तो व्यवहार गर्न नहुने धारणा राखे ।
उनले भने, ‘संसदमा बोल्दा सांसदहरुले पनि समाचारहरू हेरेर त्यसको आधारमा कति धेरै रिसर्च गरेर बोलेको पाउँछु, हामी कति माथि छौं, पत्रकारिताले कति सहयोग भइरहेको छ,हामीले उहाँहरूलाई शत्रुको जस्तो व्यवहार गर्नुभएन । पत्रकारहरूले पनि राम्रो सूचना जनतालाई दिनुपर्छ। जबाफदेही र पारदर्शी हुनुपर्छ ।’
त्यस्तै, उप–सभामुख मगरले निष्पक्ष र तटस्थ पत्रकारिता गर्न चाहनेको लागि अवसर नभएको,महिला पत्रकारलाई अझ गाह्रो रहेको उल्लेख गर्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए ।










