Logo
Logo

एमालेसँग संयुक्त सरकार बन्ने सम्भावना छैन : परराष्ट्रमन्त्री


2.1k
Shares

काठमाडौं । परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने कुनै सम्भावना नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसले वर्तमान सत्ता गठबन्धन छाडेर एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको हल्ला निराधार भएको बताएका हुन् ।

पुस १० गतेको घटना कांग्रेसले नबिर्सिएको भन्दै उनले एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको दाबी गरे ।

‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ । त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना छैन,’

गत पुस १० गते नेकपा एमालेले सुरुमै प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेससँगको तत्कालीन गठबन्धन तोडेर एकाएक नयाँ गठबन्धन बनाउन पुगेका थिए ।

तर पछि राष्ट्रपतिको निर्वाचनका बेला कुरा नमिलेपछि एमालेलगायतका दल सरकारबाट बाहिरिए भने पुनः कांग्रेससहितको पुरानो गठबन्धन ब्युँतिएको थियो ।

प्रतिक्रिया दिनुहोस्