Logo
Logo

कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ : गगन थापा


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले कांग्रेस १० सीटे माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्नसमेत तयार हुने अवस्था आएको बताएका छन् ।

शनिबार कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको काठमाडौंमा आयोजित पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौँ भन्ने विषय लिपिबद्ध गर्नुपर्ने बताए ।

‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखेर, बुँइ चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ’ महामन्त्री थापाले भने, ‘सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।’

अबको नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनैपनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्