Logo
Logo

गठबन्धनको बैठक बस्दै, माओवादीका एक मन्त्री फिर्ता बोलाउने तयारी


33.6k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सिके राउतबीच सरकारमा सहभागी हुने विषयमा सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । त्यसका लागि आजको बैठकमा कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि छलफल हुने स्रोतले जानकारी दियो ।

सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री छन् । यद्यपि प्रचण्ड कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्