
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालको हुन नहुने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले देशमा सामन्तवाद सकिए पनि त्यसको अवशेष बाँकी रहेको बताए ।
‘स्थापित राजनीतिक दलको नेताहरू, प्रहरी उच्च पदस्थनै यसमा संलग्न छन् भनेको सुन्छु । यसमा सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘कारबाही मात्र समाधान हैन । वित्तीय साक्षरता बाढ्नुपर्छ ।’














