Logo
Logo

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने


882
Shares

काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २०८७ मा परिपक्व हुने ऋणपत्रका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

प्रति इकाइ एक हजारको दरले ३० लाख कित्ता जारी गर्ने बैंकको तयारी छ। जसबापत बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर दिने जनाएको छ।

बैंकका अनुसार १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख कित्ता सर्वसाधरणलाई बिक्री गर्नेगरी निवेदन दिएको हो ।

बैंकले ऋणपत्रको बिक्री प्रबन्ध मिलाउने जिम्मा कुमारी क्यपिटललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्