Logo
Logo

वाग्मती प्रदेश सभामा बजेटमाथि छलफल हुँदै


504
Shares

मकवानपुर । प्रतिपक्षी दलको लगातार अवरोधका कारण अवरुद्ध रहेको वाग्मती प्रदेशसभा बैठक आज (मंगलबार) बस्दैछ ।

असार १ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट सदनमा पेस गरेको १९औं दिनबाट प्रदेशसभामा छलफल प्रारम्भ हुने भएको हो ।

अपरान्ह ३ बजेटबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची तय भएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सदनमा पेस गरेको थियो । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापछि सोमबार सदन सञ्चालन गर्न प्रतिपक्षी दल तयार भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका नेता जगन्नाथ थपलिया, प्रतिपक्षी दल राप्रपाका नेता उद्धव थापा र नेमकिपाकी नेतृ सिर्जना सैंजूले असन्तुलित बजेट सन्तुलित गर्ने सहमति भएपछि अवरुद्ध संसद् खोल्न आफूहरू सहमत भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्