Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत ट्राफिक संचेतना नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरीक्षक एवं ट्राफिक भोलिन्टियर सीताराम हाछेथुबाट प्रदान गरिएको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाका लागि विभिन्न कार्यक्रममार्फत ध्यान दिइरहेको बताउनुभयो । प्रशिक्षक हाछेथुले बैंकिङ क्षेत्रमा पहिलोपटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गर्न पाउँंदा खुशी लागेको बताउनुभयो । उहाँले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिनुभएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चलन गरिएको सचेतना कार्यक्रम दैनिक अस्तव्यस्त बन्दै गइरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको होे ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखलगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्