Logo
Logo

एनआइसी एशिया बैंककोे एकैसाथ दुई शाखा सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआइसी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ ।

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १२ टंगाल पाटनस्थित मंगलबजार शाखा र काठमाडौँ महानगरपालिका वडा नं १ दरबारमार्गस्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो । मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडाध्यक्ष नारायणलाल अवाले र दरबारमार्ग शाखाकोे उद्घाटन एनआइसी एशिया बैंकका उपप्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेजराज तिमिल्सिनाले गर्नुभयो ।

यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ । हाल यस बैंकको मुलुकभर ३११ शाखा कार्यालय, ४०३ एटिएम, ९५ एक्स्टेन्सन काउण्टर एवं ४४ शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्