Logo
Logo

कसरी भयाे कलाकार रोविनको निधन ?



काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ । उनी मंगलबार बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन ।

शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले बताए । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्