
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पवन कार्की समूहले पञ्चा सिंह समूहले आयोजना गरेको स्ववियु क्रान्तिकारी भेला बहिष्कार गर्न अपील गरेको छ ।
आज र भोलि कीर्तिपुरमा आयोजना गरिएको छ । भेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाइएको छ ।
कार्की समूहले विज्ञप्ति जारी गर्दै निर्वाचित प्रतिनिधिहरुलाई विवादित नबनाउन भन्दै सबै स्ववियुको प्रतिनिधित्वसहितको स्ववियु काउन्सिल निर्माणमा एकजुट हुन अपिल गरेका छन् ।
माओवादीनिकट विद्यार्थी संगठनमा लामो समयदेखि विवाद छ । पञ्चाले विधान मिचेको भन्दै उनलाई कारबाहीको घोषणासहित पवन समूहले देशभर समानान्तर गतिविधि गरिरहेको छ ।
स्ववियु निर्वाचनमा एकतासहित अगाडि बढ्न नेतृत्वले निर्देशन दिएपनि चुनावमा संगठन हराउन लागेको भन्दै एकअर्कामाथि आरोप लगाउँदै आएका छन् ।










