Logo
Logo
ललिता निवास प्रकरण​​​​​​​

१७ जनाले लिएको ‘स्टे अर्डर’ खारेजीको माग गर्दै सिआइबी सर्वाेच्चमा


1.6k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरी सर्वोच्च गएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको हो ।

१७ जनाले आफूलाई पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै दिएको रिट निवेदनमा गत साउनमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सो आदेश अनुसार गत मंगलबार पक्राउ परेका ३ जना छुटेका थिए ।

कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले तत्कालै छाड्नुपरेको थियो । उनीहरूसहित १७ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न पाउनुपर्ने भन्दै सीआइबी सर्वोच्च गएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले गतसाल उनीहरूको पक्षमा आदेश दिएको थियो। २०७९ साउन १९ मा यो प्रकरण अनुसन्धानकै क्रममा थियो ।

उनीहरूसहित १७ जनालाई थुनामा बस्नु नपर्ने गरी आदेश भएको थियो। अहिले सोही आदेश अनुसन्धानमा बाधक बनेको भन्दै प्रहरीले आदेश खारेजीको माग गरेको हो । यो प्रकरण अहिले ९ जना हिरासतमा छन् । प्रहरीले यस प्रकरणमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्