Logo
Logo

एकैचोटी ५ प्रदेशमा सिटिजन्स बैंक नयाँ शाखा सञ्चालन


882
Shares

काठमाडौं । सिटिजन्स बैंकले ५ प्रदेशमा एकैपटक थप ५ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले शाखा विस्तार गर्ने क्रममा कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ संचालनमा ल्याएको हो ।

यो संगै बैंकको १८८ वटा शाखाहरु संचालनमा आएका छन । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १६ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्