Logo
Logo

गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा


378
Shares

दाङ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चितता गाउँपालिका भएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममा गढवा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गर्दै खोप यो कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका सबै बालबालिकाले खोप अनिवार्य लगाउनुपर्ने नेपाल सरकारको लक्ष्यअनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा र प्रमाणिकरण गर्ने कार्य अभियानकै रुपमा अगाडि बढाइरहेको बताए ।

सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए ।

खोप कार्यक्रम स्वास्थ्य क्षेत्रको सबैभन्दा सफल कार्यक्रम भएकाले कुनैपनि बालबालिका नछुट्ने गरी आगामी वर्षहरुमा सुक्ष्म ढङ्गले अभियानलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिए ।

उक्त गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका बालबालिकाको सङ्ख्या पाँच सय ७७ र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिका एक हजार चार सय ६३ रहेकामा खोप अभियानमा तीन जना मात्र रोजगारको सिलसिलामा अभिभावकले बालबच्चा लिएर इँट्टाभट्टामा काम गर्न जाने गरेकाले खोप लगाउनबाट बञ्चित भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत किशोर आचार्यले पूर्णखोप गाउँपालिका घोषणा गर्न गरिएका अभियानका विभिन्न चरणहरुबारे जानकारी गराएका थिए । जिल्ला खोप समन्वय समिति सदस्य जुनुकुमारी बुढा, गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलगायतले खोपका विविध विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्