Logo
Logo

विष्णु रिमालको कटाक्ष- प्रचण्ड प्रितम सिंहले बनाएका प्रधानमन्त्री


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरदार प्रितम सिंहले बनाएको प्रधानमन्त्रीको सज्ञा दिएका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक–पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि उनले बुधबार सामाजिक सञ्जालमार्फत प्रचण्डलाई प्रितम सिंहले बनाएका प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।

उनले भनेका छन्, ‘सधैँभरि आफूले काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपालि बियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ?’

उनले यसपालि तपाईँलाई प्रधानमन्त्री कसले बनायो ? भन्दै प्रश्न गरे । उनले भनेका छन्, ‘हामीलाई विश्वास छ, संसद्ले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दाहालजीसँग आज कम्तीमा पनि संसद्ले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो रु ‘प्रितम सिंह’ थिएनन्, यसपालि कसले दिल्लीमा ओहोरदोहोर ग¥यो ?’

पाँच वर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने/गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्ने गरी चुनिएका संघीय संसदका सांसदहरू कसैका रबर स्ट्याम्प हुन् र ? उनले प्रश्न गरे ।

‘तपाईँहरूलाई लाग्दैन सभा हलमा टेबल ठोकी ठोकी आफूले चुनेँ भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोरदोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्