Logo
Logo

प्रधानमन्त्रीले भने, ‘नबोलको कुरालाई उचालेर बबण्डर मच्चाउन खोजिँदैछ


3.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्दै नबोलको कुरालाई उचालेर बबण्डर मच्चाउन खोजिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो जिकिर गरेका हुन् ।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ टु द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएपनि त्यसमाथि नै बबण्डर मच्चाउन खोजिएको बताएका हुन्।

उनको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतले विरोध गर्दै आएका छन् । आफ्नो आलोचना भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरणको शैलीमा बोल्दै भने, ‘मैले बोल्दै नबोलेको कुरालाई उचालिएर बबण्डर मच्चाउन खोजिएको छ । यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिन्छ ।’

उक्त अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट प्रतिपक्षी कति विक्षिप्त छ भन्ने देखिएको टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्