Logo
Logo

‘प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको विमति’


15.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको विमति रहेको उनले बताएका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बुधबार संघीय संसद्का दुवै सदनअवरुद्ध पारेको थियो । बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका सांसद एवं महामन्त्री शर्माले भने, ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भएपनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति छ ।’ नेपालको प्रधानमन्त्रीले नेपालको संसदप्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

महामन्त्री शर्माले भने, ‘पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो । तर, पहिलो र तेस्रो पटक उहाँ प्रधानमन्त्री हुँदा नेकपा एमालेकै समर्थन थियो । तीनपटकमध्ये दुईपटक उहाँ एमालेकै समर्थनमा प्रधानमन्त्री हुनुभएको हो ।’ त्यसैले प्रधानमन्त्रीले पनि संसद्काप्रति राख्ने सम्मान भुल्नु हुँदैन । नेपालको संसदीय परिपाटी, संसदको गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रितम सिंहले मेहनत गरेको जस्ता अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर बुधबार एमालेले संसद् अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्