Logo
Logo

गायक तामाङको अन्त्येष्टि आइतबार गरिने



काठमाडौं । गायक रविन तामाङको पार्थिव शवलाई आइतबार अन्त्येष्टि गरिने भएको छ । उनको तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको हो ।

त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको शवलाई बिहान १० बजेदेखि १ बजेसम्म राखिने भएको छ । रविनका दुई छोरी छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लाग्ने र सोहीअनुसार आइतबार अन्त्येष्टि तय भएको जनाइएको छ ।

तामाङ मंगलबार बेलुका बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । ‘रविन एण्ड द न्यु रिभोलुसन’का गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्