Logo
Logo

कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ । हिजो बिहीबारदेखि सुरु भएको जिल्ला सभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बस्न लागेको हो ।

बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरू सहभागी रहेका छन् । हिजोको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने छन् ।

जिल्ला सभापतिहरूको धारणा सुनेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्