Logo
Logo

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ


1.9k
Shares

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) पहेँलो धातु सुनको भाउ उकालो लागेको छ। बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्