Logo
Logo

राप्रपाको महिला विभाग उपप्रमुखमा रेखा थापा


1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको सहसंयोजकको जिम्मेवारी सहमहामन्त्री प्रकाश रिमालले पाएका छन् । ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले रिमाललाई सहसंयोजकको जिम्मेवारी दिएका हुन् ।

यस्तै पार्टीले महामन्त्री कुन्तीकुमारी शाहीको नेतृत्वमा महिला विभाग गठन गरेको छ । विभाग उपप्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा, सदस्यसचिवमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रीता कुँवर रहेका छन् ।

पार्टीले आगामी छ महिनाभित्र हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने नीति लिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्