Logo
Logo

सुर्तीजन्य पदार्थबाट प्राप्त ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गरौं : सांसद दाहाल


630
Shares

काठमाडौं । सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक–२०८० माथि सुझाव राख्दै सांसद दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने र सोबाट प्राप्त करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका हुन् ।

सांसद दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए । सरकारले स्वास्थ्य जोखिम करबापत उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरुमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने उनको भनाइ छ ।

‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करबाट प्राप्त रकमको ८० प्रतिशत क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गरिनुपर्छ भनेर सुझाव राखेका छौँ । सुर्तीजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्योचाहिँ थोरै मात्रामा मात्रै अस्पतालहरुमा दिइने हामीले यहाँ विनियोजनमा देख्यौँ । त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्