Logo
Logo

अर्थतन्त्र चलायमान भइरहेको छ : अर्थमन्त्री


630
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताएका हुन् ।

अर्थमन्त्री महतले मूल्यवृद्धि पहिलेभन्दा घटेको बताए । सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वार रहेको उनको भनाइ छ । उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएकोसमेत बताए ।

‘यसपालि करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ ।अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्