
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालका बलिङ अलराउण्डर सोमपाल कामीले अर्धशतक बनाएका छन् । नेपालले खराब सुरुवात गरेको खेलमा कामीले ७७ बलमा ५३ रन बनाएका हुन् ।
३३ ओभर खेलिरहँदा नेपालले ९ विकेट गुमाएर १६३ रन बनाएको छ । पाकिस्तानी बलरसामू नेपाली ब्याटर खुलेर खेल्न नसक्दा सस्तैमा विकेट गुमाएको थियो। नेपालले १० ओभरमै ६ विकेट गुमाएको थियो।
पावर प्लेमा नै कमजोर देखिएको नेपालको इनिङ उकास्ने क्रममा तल्लो क्रममा क्रिजमा आएमा प्रत्युष जिसीले कामीलाई साथ दिएका थिए।
पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गतिसामू निरिह बन्दा एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खुलेर खेल्न सकेको छैन।
कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सामान्य लक्ष्य दिने देखिएको छ ।











