Logo
Logo

रोजगार व्यवसायी संघले भन्यो- अध्यागमनले विनाकारण श्रमिकलाई रोक्दैछ


882
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अध्यागमन विभागको कार्यालयले विना कारण रोकेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरी विना कारण कामदार फर्काउने काम भएको जनाएको हो ।

केही दिनअघि कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकलाई अध्यागमनले त्रिभुवन विमानस्थलबाट फर्काएको थियो । यसरी सबै प्रक्रिया पु¥याएर गन्तव्यतर्फ उड्न लागेका श्रमिलाई अध्यागमन कार्यालयले रोकिएको प्रति संघले आपत्ति जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले विनाकारण कामदार फर्काउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेका छन् । सबै प्रक्रिया पूरा गरेर जान लागेका कामदारलाई समेत अध्यागमनले रोकेको छ ।’

उनले कानुन बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि जाने कामदारलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीले कानुनविपरीत रोक्ने काम भइरहेको बताए ।

उनले भने, ‘अध्यागन कार्यलयको उक्त कदम अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’
अध्यागमन कार्यालयले २०८० असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाईन्सबाट कुबेत जान लागेका १०१ जना र कुबेत एयरलाईन्सबाट जान लागेका १६ जना कामदारलाई विमानस्थलबाट फर्काएको थियो ।

भिषा र हवाई टिकटबाहेक अनावश्यक कागजातको जाँच परीक्षण गर्ने, कामदारलाई दुव्र्यवहार साथ उडान अनुमति नदिई फर्काउँदा कतिपय कामदारको भिषा समाप्त भइ रोजगार नै गुम्नेसम्मको अवस्था रहेको संघले जनाएको छ ।

संघका अध्यक्ष भण्डारीले भने, ‘यो कार्य तत्काल रोक्नुपर्छ ।’ उनले यस प्रकारका कार्य गर्ने व्यक्तिलाई कारबाही गरी व्यवसायी र कामदारलाई परेको क्षतिपूर्ति दिलाउनसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्