Logo
Logo

चन्द्रगढी उडेको बुद्धको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौंमै फर्काएर अवतरण


4.9k
Shares

काठमाडौं । झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

बुद्ध एयरका अनुसार उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको हाे ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको थियो । सोलगत्तै २ः१० बजे पुनः काठमाडौं फर्किएको हो ।

काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्