काठमाडौं । सभामुख देवराज घिमिरेले पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् ।

सभामु्ख घिमिरे भने, ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा पनि कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामबारे सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु ।’
शुक्रबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विगत चार महिनाको अवधिमा ८ लाख पशु चौपाया संक्रमित भएको र २७ हजारभन्दा मरेको उल्लेख गरेका थिए ।
‘विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ । अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो तर सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ’ उनले भने ।
यस्तै, नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले लम्पी स्किन रोगले सबैतिर प्रभावित बताउँदै भने, ‘यो पहाडमा झनै विकराल अवस्था भएको छ । गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’
बैठकमा राप्रपाका सांसद रोशन कार्कीले पनि लम्पी स्किनको रोकथामबारे सरकारसँग प्रश्न गरेका थिए । उनको प्रश्न थियो, ‘लम्की स्किन रोकथामका लागि सरकारी योजना के छ ?











