Logo
Logo

एलओडीबाट लगेर बालिका बलात्कार : सुदनबहादुर कोइराला जेल चलान


16.1k
Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर गरिएको नाबालिग बलात्कार प्रकरणका अभियुक्त जेल चलान भएका छन् ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार अभियुक्त कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पुर्पक्षका लागि थुनामा गएका हुन् ।

एलओडीमा मदिराले मातेकी एकजना किशोरीलाई आफ्नो कार्यालयमा लगेर बलात्कार गरेको अभियोग कोइरालालाई लागेको थियो ।

कोइरालाले गत जेठ ३१ गते ठमेलस्थित एलओडीमा पसेकी १५ वर्षीया किशोरीलाई सानेपास्थित कार्यालयको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

त्यस्तै, ती नाबालिगलाई एलओडीका प्रवेश गर्न दिएपछि पक्राउ परेका सञ्चालकहरु रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल हाजिरी जमानीमा छुटेका छन् ।

उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अनुमतिमा हाजिरी जमानीमा छाडिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी सीताराम रिजालले दुवैजनालाई हाजिरी जमानीमा छाडिएको बताए ।

उक्त क्लबबाट १५ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका थिए ।

जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप थियो । घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्