Logo
Logo

एमसीसी पारित गरिएकामा सहायक विदेशमन्त्री दिए धन्यवाद


1.5k
Shares

काठमाडौं । शुक्रबार नेपालको एकदिने भ्रमणमा आइप्गेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा सहायक विदेशमन्त्री लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् । साथै, उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार नै लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । आजै लूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्