Logo
Logo

कमिसनले अध्यागमनको बदनाम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ पुस । पर्यटन वर्ष २०२० सुरु हुन एक साता पनि बाँकी छैन । तर, सरकारको तयारी अस्तव्यस्त छ । कतिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा डेकोरेसनको कामसमेत हुनसकेको छैन । अध्यागमन सुधारका लागि भनेर करिब १५ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, काम भने केही हुनसकेको छैन । जबकि सबै काम गत आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्ने थियो ।

अध्यागमनका सबै ठेक्काहरु सेटिङका आधारमा भएकाले यसरी समयमा काम हुन नसकेको हो । अध्यागमनमा आफ्नै सफ्टवेयरसहित १५ करोडको परियोजना गत वर्ष सुरु भएको थियो । अध्यागमन विभागका महानिर्देशक ईश्वरारज पौडेलले अध्यागमनको मुहार फेर्ने भन्दै त्यसरी बजेट ल्याएका थिए । कमिसनमोहका कारण अध्यागमन अझै अस्तव्यस्त बन्न पुगेको छ ।

गत साता गृहमन्त्री रामबहादुर थापासमेत अध्यागमनको अनुगमनमा गएका थिए । अध्यागमनमा सुस्त गतिमा काम भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीका आइटी विशेषज्ञ अलि असगर निकट कम्पनीहरुले अध्यागमनको सबै ठेक्का पाएका छन् । सेटिङ पत्ता लाएपछि अख्तियारमा उजुरीसमेत परेको थियो । फस्ने डरले तत्कालै महानिर्देशक पौडेलले ठेक्का रद्दसमेत गरेका थिए । विभागको भ्रष्टाचारका कारण पर्यटक वर्षकै बेइज्जत हुने अवस्था सिर्जना भएको छ । नयाँ परियोजनाका लागि आधा दर्जन आइटी विज्ञसमेत नियुक्त गरिए पनि उनीहरुले कुनै काम गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्