Logo
Logo

समाजवादी मोर्चामा बाबुरामलाई ल्याउन छलफल भइरहेको छ : गृहमन्त्री


9.8k
Shares

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज सम्बन्धी विधेयकलाई छिटै अघि बढाउने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले भरतपुर विमानस्थलमा शनिबार गरेको पत्रकार सम्मेलनमा उनले सदनमा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको र छिटै अघि बढ्ने बताएका हुन् ।

उनले यसअघि संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै अब बस्ने संसद् बैठकबाट यसलाई अघि बढाउने बताए । मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ ।
त्यस्तै, गृहमन्त्री श्रेष्ठले ललिता निवास प्रकरणमा व्यक्ति हेरेर नभई प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने बताए । हस्तक्षेपमुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन निर्देशन दिएको उनले बताए ।

त्यस्तै, गृहमन्त्री श्रेष्ठले समाजवादी मोर्चामा डा. बाबुराम भट्टराई बाहिर बस्नुपर्ने कुनै कारण नभएको बताउँदै उनलाई पनि मोर्चामा सहभागी गराउन छलफल भइरहेको उल्लेख गरे । उनले ढिलोचाँडो भट्टराई मोर्चामा आउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्