Logo
Logo

‘एमसीसी विना ब्यवधान कार्यान्वयन हुनुपर्छ’


1.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) समयसीमाभित्रै कार्यान्वयन हुनुपर्ने बताएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी विना ब्यवधान कार्यान्वयन हुनुपर्ने पक्षमा एमाले रहेको बताएका हुन् ।

शुक्रबार नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग अमेरिका र नेपालबीच द्वीपक्षीय सम्बन्धको विविध पक्षमा छलफल भएको जानकारी गराउँदै उनले भने, ‘एमसीसी परियोजना पारित भइसकेको परिपेक्ष्यमा विना ब्यवधान समससीमाभित्रै कार्यान्वयन हुनुपर्छ भन्ने हामी ठान्छौं । डोनाल्टसँग पनि तिनै विषयमा छलफल भएको छ । भेटघाटमा नेपाल अमेरिका द्वीपक्षीय सम्बन्धको बारेमा पनि विविध पक्षमा छलफल भएको छ ।’

अमेरिकाबाहेक अन्य मुलुकहरूबाट प्राप्त हुने सहायतालाई पनि व्यवस्थित ढंगबाट कार्यान्वयन गर्नुपर्ने पक्षमा एमाले रहेको उनको भनाइ छ । उपमहासचिव ज्ञवालीले भने, ‘हामी नेपालको विकासमा सहजीकरण हुनसक्ने ती लगायत अन्य मित्र राष्ट्रबाट प्राप्त हुने सहायतालाई व्यवस्थित ढंगले राष्ष्ट्रिय हितमा कार्यान्वयन हुनुपर्छ भन्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्