
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन
१०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर १० रूपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसा तोकिएको छ । यता साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयामा छ ।
त्यस्तै भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।











