
एजेन्सी । इण्डोनेसियामा जोजो र लुना नामक दुई अलास्का मालामुट कुकुरको विवाह गराइएको छ । राजधानी जकार्तामा एक विशेष समारोहमा जोजो र लुना नामक कुकुरको विवाह गराइएको हो ।
दुलाहा र दुलही बनेका ती कुकुरलाई विशेष पोशाक लगाइएको थियो । ती परम्परागत पोशाक स्थानीय प्रख्यात डिजाइनरले बनाएका हुन् । विवाह समारोहस्थल फूल र अन्य सजावटका सामाग्रीले झकिझकाउ पारिएको थियो ।

उक्त विवाह समारोहमा १३ हजार ३१० अमेरिकी डलर खर्च गरिएको थियो । निम्तालु कुकुरप्रेमीहरु आफ्ना कुकुर लिएर निम्तो मान्न गएका थिए । इन्डानेसियामा कुकुरको विवाह भएको पहिलो घटना हो । अहिले ती कुकुरको विवाहको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरह बनेको छ ।











