Logo
Logo

बीएमडब्लूको इलेक्ट्रीक कार सार्वजनिक, रेन्ज ४६० किलोमिटर



काठमाडौं । बीएमडब्लुको आधिकारिक विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लूको पहिलो विद्युतीय एसयूभी सार्वजनिक गरेको छ ।

लक्ष्मी प्रिमियम मोटर्सले २ करोड २९ लाख रुपैयाँ पर्ने बीएमडब्लू आईएक्स गाडी सोमबार सार्वजनिक गरेको हो । यो गाडी एक पटक फुल चार्ज गरेपछि ४६० किलोमिटर कुद्ने र एसी चार्जिङ ११ किलोवाट, डिसी चार्जिङ १५० किलोवाटसम्मको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

गाडीको अधिकतम पावर २१० किलोवाट आवर र ४०० एनएम टर्क रहेको छ । ६.८ सेकेन्डमा ० देखि १०० किलोमिटर अक्सिलेरेसन क्षमता रहेको गाडी फास्ट चार्जरबाट ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

बीएमडब्लूले सन् २०२१ को अन्त्यबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गरेको आईएक्स ३ कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । बीएमडब्लूले अहिलेसम्म एक्स–३ मोडललाई पेट्रोल, डिजेल, प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्रीक भर्सनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्