
काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको विमान अक्सिजन अभावका कारण मेलेसियामा ग्राउण्डेड भएपछि छानबिन गर्न समिति गठन गरेको छ ।
क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।
निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको भन्दै उडान डिले गरिएको थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ ।
तर, निगमले के कारणले यस्तो प्राबिधिक समस्या आएको हो सो को सत्य तथ्य पत्ता लगाउन र भबिस्यमा यस्तो समस्या हुन नदिन एक छानबिन समिती गठन गरि कारबाही अगाडि बढाइएको जनाएको छ ।














