धरान, १० पुस । धरानमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । सुनसरीको उपमहानरपालिका–१५ की ३६ वर्षीया रमिला राई श्रीमानको कुटाइबाट गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो ।
कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए । प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।











