Logo
Logo

कठ्याग्रिँदो चिसो, हिउँदे तरकारी बारीमै कुहिन थाल्यो


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, ११ पुस । पुस महिना सुरु भएसँगै बढेको चिसो अचाक्ली बन्दै गएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरलगायत सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा ११ दिनदेखि सूर्य देखिएको छैन । सुर्य नउदाउँदा र शितलहरले यहाँको जनजीवन प्रभावित भएको छ ।
शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ । चिसो स्याँठका बीच यहाँका मानिसले कुनैपनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ ।
चिसोका कारण विभिन्न बारी तथा खेतहरुमा लगाइएको हिउँदे बाली दलहन र तरकारी समेत कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।
अत्यधिक चिसोले जिल्लाको हाट बजारमा मानिसको उपस्थिति न्यून भएको छ भने न्यानो कपडाको मूल्य बृद्धि भएको छ । चिसो बढेपछि जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा बिरामीको संख्यामा समेत वृद्धि भएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्