Logo
Logo

६ महिना अगावै तयार हुन्छ पोखरा विमानस्थल : मन्त्री भट्टराई


- दृष्टि न्युज/संवाददाता


 

कास्की, १२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखराको निर्माणधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् । विमानस्थलको अनुगमन गरेपछि उनले निर्धारित समयभन्दा ६ महिनाअगावै विमानस्थल सक्ने बताए ।
सोही क्रममा यनले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताए । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशस्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उनले पर्यटन प्रवद्र्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए ।
पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उनले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भरहेको पनि बताए ।
भ्रमण वर्षको पर्यटन प्रवद्र्धनका लागि सचिवालयले रु ६५ करोडको माग गरेपनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
यसैक्रममा पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धार्रित समय सीमाभन्दा अगावै सम्पन्न हुने विश्वास व्यक्त गरेका हुन् । हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भई सकेको भन्दै उनले विमानस्थलका लागि थप आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको र जग्गा धनीलाई उचित मुआब्जा दिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्