Logo
Logo

अपराधिक समूहद्वारा प्रहरीमाथि गोली प्रहार


- दृष्टि न्युज/संवाददाता


सप्तरी, ३ माघ ।
बुधबार राति सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहर भएको छ । अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको हो ।

मोटरसाइकलमा आएका अज्ञात समूहको गोली प्रहारपछि गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरमा रहेको न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दारमाथि अज्ञात समूहले राति सवा आठ बजे गोली प्रहार गरी फरार भएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । सशस्त्र समूहले गोली हानेको आशंका गरिएको छ ।
यसैबीच घटनाको सशस्त्र समूह प्रगतिशील तराइ मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका मिलेट्री चिफ निशान थारुले कार्वाही स्वरुप गोली चलाएको संचारकर्मीहरुलाई फोन गरेर जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्