Logo
Logo

तेहेरो कर फिर्ता नगरे आन्दोलनको चेतावनी


- दृष्टि न्युज/संवाददाता


पोखरा, १३ पुस । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनमाथि सरकारले लगाएको तेहेरो कर फिर्ता गर्न माग गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्वारा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिएको भन्दै ‘अवैज्ञानिक कर’ फिर्ता गर्न माग गरेका हुन् ।
एकद्वार प्रणालीबाट कर लिन सरकारसँग माग गर्दै सरकार र वन कर्माचारीबाट वनमाथि पटक–पटक आक्रमण गर्ने गरेको भन्दै अध्यक्ष पाठकले तीनै तहका सरकारले लगाएको तेहेरो करका विरुद्धमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।
कानूनी अवरोधका कारण उपभोक्ताले संरक्षण गरेको वनबाट पानी, दाउरा, जडीबुटी, काठ जस्ता वनपैदावार निकासीमा अप्ठेरोपरेको कारण उपयोग गर्न नपाएका कारण नष्ट भएर खेर जाने गरेको उनको भनाइ छ ।
उपभोक्ताले संरक्षण गरेको वनमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू गरेर जथाभावी फडानी गरेको आरोप लगाउँदै उनले उक्त व्यवस्था खारेज गरी दिगो वन व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
विरोधसभामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सामुदायिक वनको हकअधिकार सुनिश्चित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्