Logo
Logo

गृहलाई झस्काउने रिपोर्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ पुस । एक समूह नेपाललाई हिन्दुराष्ट्र घोषणाको अभियानमा लागेको छ । त्यस्तो समूहले बेला–बेलामा अतिवादी गतिविधि देखाइरहेको छ ।

यही देशमा धर्मका नाममा अर्काे एक समूहले पनि अतिवादी गतिविधि गर्ने तयारीको सूचना पाएपछि गृहमन्त्रालय झस्किएको छ । हजारौं विदेशीसहित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन नेपालमा गर्न लागेको सूचना पाएपछि गृहले यसमा चासो दिएको हो ।

स्रोतका अनुसार एक समूहले नेपालको सप्तरीमा यस्तो किमिसको सम्मेलनको तयारी गरिरहेको छ । तर, सुरक्षाका दृष्टिकोणले यो निकै चुनौतीपूर्ण हुनसक्ने गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । केही दिनअघि यसबारेमा गृहको सुरक्षा बैठकमा समेत कुरा उठेको थियो । हिन्दु देशमा मुस्लिमहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्नुको उदेश्य नै गलत रहेको उनीहरुको भनाइ थियो ।

त्यस्तै मुस्लिम सम्बन्धी संस्थाहरु बढेकोमा समेत चिन्ता व्यक्त गरिएको छ । सामाजिक संस्थाका नाममा अपराधिक गतिविधिमा संलग्नहरुको घुसपैठ हुनसक्ने सुरक्षा अधिकारीको चिन्ता छ । त्यसमध्ये एक संस्था हो ललितपुरस्थित कतार च्यारिटी सेन्टर । सो संस्थामाथि गृहले गोप्यरुपमा छानबिन गरिरहेको छ । सो संस्थाले मदरसाहरुमा मात्र सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्